शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:५९ |सिड्नीको समय: १७:५९ |काठमाडौंको समय: १३:४४

युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने तयारी

एएनजेड खबरजनवरी २२, २०२४

काठमाडौं । रुसले युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतिपूर्ति दिने विषयमा सहमत भएको बताइएको छ ।

यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक जानकारी गराएका छैनन् । रुसी सेनाको नियमअनुसार लडाइमा मरिएका अन्य सैनिकजस्तै नेपालीलाई पनि क्षतीपूर्ति रकम दिने तयारी भएको हो ।

रुसले लडाइमा मारिएका सैनिकका परिवारलाई करिब ७५ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । मारिएका नेपालीका परिवारलाई पनि सोही व्यवस्था अनुसार क्षतिपूर्ति दिने विषयमा रुस सकारात्मक देखिएपनि उनीहरुको शव नेपाल फर्काउन भने रुसले मानेको छैन ।

रुस युक्रेन युद्धमा अहिलेसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने कम्तिमा दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ । रुसी सेनामा ५ सय जना नेपाली भर्ती भएको हनुसक्ने अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया