शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०९:५२ |सिड्नीको समय: ०७:५२ |काठमाडौंको समय: ०३:३७

दिपक खड्काको राजीनामा स्विकृत, बिवादका कारण नयाँ बाणिज्यदूत नियुक्ति अन्यौलमा

एएनजेड खबरजनवरी २५, २०२४

काठमाडौं । अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यका अवैतनिक नेपाली महावाणिज्यदूत दिपक कुमार खड्काको राजीनामा स्वीकृत भएको छ । सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्काको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

खड्काले १० अक्टोबर २०२३ देखि लागू हुनेगरी राजीनामा दिएका थिए । सरकारले खड्कालाई चार वर्षका लागि न्यू साउथवेल्स राज्यका लागि महावाणिज्यदूत नियुक्त गरेको थियो ।

दोलखा थातथलो भएको महावाणिज्य दूत खड्काले यसअघि एघार वर्ष महावाणिज्य दूतका रूपमा काम गरेका थिए । महावाणिज्य दूतको कार्यालयले दुई देश बीचको वाणिज्य सम्बन्ध विस्तारलगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ।

खड्काको राजीनामा स्विकृतसंगै न्यू साउथवेल्सका लागि नया बाणिज्यदूत सिफारिस अन्तिम चरणमा पुगेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

तर राजनीतिक खिचातानी, दबाव र भागवण्डालगायत आकांक्षी आवेदकहरूको तिव्र इच्छा र प्रतिस्पर्धा रहेका कारण परराष्ट्रमन्त्रीले कसको नाम मन्त्री परिषदमा लैजाने निर्क्यौल गर्न सकिरहेका छैनन् ।

तपाइँको प्रतिक्रिया