शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २०:०२ |सिड्नीको समय: १८:०२ |काठमाडौंको समय: १३:४७

अष्ट्रेलियाबाट हराएका दुई किशोर सम्पर्कमा आए

एएनजेड खबरजनवरी २७, २०२४

काठमाडौं । अष्ट्रेलियाको सिड्नीवाट सम्पर्कविहीन भएका दुई किशोर सम्पर्कमा आएका छन् । विद्यालयबाट फुटसल खेल्न अष्ट्रेलिया आएका १४ वर्षिय मविन्द्र पुन विहीबार सिड्नीको बरउडबाट सकुशल सम्पर्कमा आएका छन्।

त्यस्तै सौरभ पुन सिड्नीबाट केही पर रहेको कफ्स हार्बरबाट सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ । अष्ट्रेलिया आएका १४ वर्षका मविन्द्र आइतबार (२१ जनवरी २०२४) हे मार्केटबाट सम्पर्कविहीन भएका थिए ।

त्यस्तै, सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार २३ जनवरी २०२४ साँझ साढे छ बजेपछी सम्पर्कमा नआएका सौरभ २४ जनवरी २०२४ को राती ११ बजे कफ्स हार्बरबाट सम्पर्कमा आएका हुन् ।

उनीहरू कसरी हराए र कसरी सम्पर्कमा आए भन्ने वारे प्रहरी र स्थानिय प्रशासनले केही आधिकारिक जानकारी दिएको छैन । उनीहरुको खोजीका लागि न्यू साउथवेल्स प्रहरीले समुदायस्तरमा अपिल गरेको थियो ।

उनीहरुको खोजी गर्न र देखा परेको खण्डमा न्यू साउथवेल्स प्रहरी, सिड्नी सिटी पुलिस एरिया कमाण्ड वा क्राईमस्टपर्सलाई खबर गर्न प्रहरीले भनेको थियो ।

तपाइँको प्रतिक्रिया