शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:०७ |सिड्नीको समय: १४:०७ |काठमाडौंको समय: ०८:५२

न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने पक्राउ

एएनजेड खबरफ्रेब्रवरी ४, २०२४

काठमाडौं । न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका १ घर भई काठमाडौंको सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही ठाउँका ३३ वर्षीय टोपबहादुर सेजवाल रहेका छन्।

वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठादिने भनेर उनीहरूले दुई जनालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ मागेका थिए। उनीहरूसँग पटकपटक गरी साढे ११ लाख लिएर दुवै जना सम्पर्कविहीन भएका थिए।

रकम लिएर सम्पर्कविहीन भएपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो। कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

तपाइँको प्रतिक्रिया