सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १७:०३ |सिड्नीको समय: १५:०३ |काठमाडौंको समय: १०:४८

अष्ट्रेलिया जान खोजेका ‘नक्कली पुरोहीत’ र मनिषा कोइरालाबिच के साइनो ?

एएनजेड खबरफ्रेब्रवरी २४, २०२४

काठमाडौं । आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको फर्जी कागजात फेला परेको घटनाबारे आयोजक लाहुरी टिभीले स्पष्टीकरण दिएको छ ।

नक्कली पुरोहित बनाएर ल्याउन लागिएको प्रमाण संचारमाध्यमबाट सार्वजनिक भएपछि उक्त घट्ना अभिनेत्री मनिषा कोइरालासँग पनि जोडिएपछि टिभीले सामाजिक संजालमार्फत स्पष्ट पारेको छ । कोइरालासँगै अष्ट्रेलिया जान खोज्दा भीसा अस्वीकार गरिएका ति नक्कली पुहोहीतबारे टिभीले कुनै साइनो नरहेको पारेको हो ।

अष्ट्रेलियन अध्यागमन कार्यालयले फर्जी कागजात पेश गरेको भन्दै कोइरालासँगै त्यता जान तम्तयार नक्कली पुरोहीतलाई भीसा नदिएपछि उत्पन्न अवस्थाबारे जानकारी गराउँदै कार्यक्रम आयोजक र कलाकारहरुले भीसा अस्वीकार भएको भनिएका व्यक्तिसँग मनिषा र आफूहरुको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

सिड्नीको स्थानीय बरउड पार्कमा मार्च २४ का दिन आयोजना गर्न लागिएको ‘लेट्स प्ले होली’ कार्यक्रममा मनिषा कोइरालासहित कलाकार दिनेश डिसीलगायत त्यता जान लागेका थिए । तर,सोही कार्यक्रममा पुरोहीतको रुपमा सहभागी गराउन आवेदन दिएका एक जनाको भीसा अस्वीकार भएपछि अनेक चर्चा भैरहेको छ ।

आयोजक संस्था लाहुरी टिभीले कार्यक्रममा सहभागी हुन मनिषा, दिनेश र चलचित्र निर्देशक सम्झना उप्रेती तीन जनालाई मात्र निम्तो दिइएको जनाएको छ । कार्यक्रममा नेपालबाट कुनैपनि पुरोहीत नबोलाइएको र होलीमा विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको टिभीको दावी छ ।

पुरोहीतलाई गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनिल पोखरेलको हस्ताक्षरमा निम्तो गरिएको भेटिएपछि एनआरएनएमा समेत तरंग पैदा भएको थियो । पत्रमा उनको आतेजाते हवाई टिकटसहित उता बस्ने,खानेलगायत सम्पूर्ण व्यवस्थापन एनआरएनले नै गर्ने उल्लेख छ । उक्त तथ्य खुलेपछि एनआरएन अष्ट्रेलियाले त्यहाँको अध्यागमन र प्रहरीमा उजुर हालेको छ ।

यसअघि तीजमा गर्न लागिएको कार्यक्रम विशेष कारणले रोकिएपछि होलीसम्मलाई सारिएको थियो । गत तीज अगावै कोइराला,डिसी र उप्रेतीसँग कार्यक्रममा सहभागी हुन १७ पृष्ठको सम्झौता गरिएको बताइन्छ । उक्त सम्झौता नवीकरण गरेपछि सोहीबमोजिम आफूहरु तीन जना होली कार्यक्रममा सहभागी हुन लागेको डिसीले बताए ।

अष्ट्रेलियाको कानूनमा नक्कली कागजपत्र बनाउने, पेश गर्ने काम फौजदारी अपराध भएकाले सरकारवादी अभियोग लाग्ने उल्लेख छ । त्यस्तो अपराध प्रमाणित भएमा जेल सजाय र देश निकालासम्मको कारवाही हुन्छ ।

तपाइँको प्रतिक्रिया