सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ११:१२ |सिड्नीको समय: ०९:१२ |काठमाडौंको समय: ०४:५७

शिशु चोरी गर्ने महिलासहित तीन जना पक्राउ

एएनजेड खबरफ्रेब्रवरी २४, २०२४

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुति गृहबाट शिशु चोरी गर्ने महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भई हाल काठमाडौंको काडाँघारी बस्ने मनिषा सिंह र श्रीमान र उनकी आफन्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

शिशुसहित उनीहरुलाई शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट पक्राउ गरेको छ। मनिषाका श्रीमान नेपाली सेनामा कार्यरत छन् ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनिषाले बालिकाको चोरी गरेको प्रहरीको भनाइ छ । प्रहरी पुग्दा आफू भर्खरै सुत्केरी भएका्े र आफनै बच्चा भएको दाबी गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया