शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २०:१३ |सिड्नीको समय: १८:१३ |काठमाडौंको समय: १३:५८

त्रिदेशीय शृंखला : नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्ने

एएनजेड खबरमार्च ८, २०२४

काठमाडौं । नेपाल क्रिकेट क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिदेशीय शृंखला खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

बिहीबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायत क्यान पदाधिकारीहरूले नेपाली टोलीको बिदाइ गरेका हुन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिदेशीय टी–२० आई सिरिज हुनेछ । त्रिदेशीय शृंखलामा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए । उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए ।

त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरूका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।

तपाइँको प्रतिक्रिया