बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १५:०४ |सिड्नीको समय: १३:०४ |काठमाडौंको समय: ०८:४९

अष्ट्रेलियाकी सर्वाधिक धनी महिला गिना रिनहार्टको सम्पत्ती कति ?

एएनजेड खबरमार्च ९, २०२४

एजेन्सी । विश्वभर ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । यसै सन्दर्भमा विश्वमा विभिन्न क्षेत्रमा सफल महिलाहरुको चर्चा र उनीहरुको सफलताका बारेमा बहस भइरहेको छ । यसमध्ये फोर्बसले विश्वका १०० शक्तिशाली महिलाको सूचीमा समेटेको अष्ट्रेलियाकी गिना रिनहार्टको सम्पत्तीका बारेमा चर्चा चलेको छ ।

गिना रिनहार्ट अष्ट्रेलियन खानी र कृषि कम्पनी ह्यान्कक प्रोस्पेसक्टिङ ग्रुपको कार्यकारी अध्यक्ष रहेकी उनीसँग अहिले कुल २६ अर्ब ९० करोड डलर सम्पत्ति छ। उक्त सम्पत्तिसहित रिनहार्ट विश्वको सातौं स्थानमा छिन् । कम्पनी उनका बुबा ल्याङ ह्यान्ककले सन् १९९२ मा स्थापना गरेका थिए । सिड्नी युनिभर्सिटीबाट इकोनोमिक्स छोडे पनि उनी अष्ट्रेलियाको सबैभन्दा धनी व्यक्ति हुन् ।

तर फ्रान्सेली व्यवसायी र परोपकारी महिला फ्राइन्कोइसे बेटेनकोर्ट मेयर्स विश्वको सबैभन्दा धनी महिलाको सूचीमा एक नम्बर छिन् । उनको कुल सम्पत्ति ९४ अर्ब ९० करोड अमेरिकी डलर छ । फोब्सका अनुसार उनी विश्वको सबैभन्दा धनी महिला हुन् ।

तपाइँको प्रतिक्रिया