शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २२:१२ |सिड्नीको समय: २०:१२ |काठमाडौंको समय: १५:५७

सिड्नीमा समाजसेवी टंक कार्कीको स्मृतिमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

एएनजेड खबरमार्च ११, २०२४

सिड्नी । बाग्लुङ समाज अष्ट्रेलियाले संस्थापक अध्यक्ष, पत्रकार एवम समाजसेवी टंक कार्कीको स्मृतिमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

सिडनीको प्रेस्टोनस्थित खेल मैदानमा भएको प्रतियोगितामा अण्डर–३५ बाट मैरिकविल नेप्लीज क्लब र भेटरनको समूह बाट वीकेण्ड सोसल सकर क्लबले सफलता हासिल गरेका छन् । विजयी खेलाडीहरुलाई हौसला स्वरुप इनोभेटिव एसोसिएट्सका प्रिन्सिपल डीला खरेल र किंग्सफोर्ड कलेजका सीईओ भीम खरेलका तर्फबाट २ सय ५० डलर प्रदान गरिएको थियो ।

समाजले अघिल्ला बर्षहरुमा भलिबल प्रतियोगिताको आयोजना गर्ने गरेको भएपनि यसपाली प्राविधिक कारणले आयोजना गर्न नसकिएको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया