शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: ००:२३ |सिड्नीको समय: २२:२३ |काठमाडौंको समय: १८:०८

एनएडिएफ रजत जयन्तीका लागि विश्वप्रकाश शर्मा शनिवार सिड्नी आउँदै

एएनजेड खबरमार्च १४, २०२४

सिड्नी । प्रजातान्त्रिक विचार र सिद्धान्तमा आस्था राख्ने अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था ‘नेपाल–अष्ट्रेलिया प्रजातान्त्रिक मन्च–(एनएडिएफ)ले आफ्नो रजत जयन्तीका अवसरमा नेपाली नेताहरुसँग बृहत अन्तरक्रिया गर्ने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम संघीय सांसद विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेको विशेष आथित्यतामा सिड्नीस्थित रकडेलको इन्द्रेणीमा मार्च १६ तारिख शनिबारका दिन अन्तरक्रिया गर्न लागेको हो । महामन्त्री शर्मा र सहमहामन्त्री आङदम्बे शनिबार नै सिड्नी ओर्लिने कार्यक्रम छ ।

शनिबार सिड्नीको रकडेलमा महामन्त्री शर्माले नेपाली समुदायका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने र आफ्ना भनाइहरु राख्ने कार्यक्रम तय भएको एनएडिएफका अध्यक्ष भीष्म भण्डारीले जानकारी दिए ।

रजत जयन्तीकै अवसरमा एनएडिएफका पूर्वअध्यक्षहरुलाई सम्मान गर्ने साथै बृहत सांस्कृतिक कार्यक्रमको तयारी छ । कार्यक्रममा सहभागी हुन् अष्ट्रेलियाका विभिन्न शहरहरुबाट नेपालीहरु सिड्नी आउनेक्रम शुरु भएको छ ।

करिब चार दिनका लागि मात्र अष्ट्रेलिया आउन लागेका महामन्त्री शर्माका अन्य औपचारिक कार्यक्रम नहुने तर अनौपचारिक रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटका भिन्नाभिन्नै कार्यक्रम तय गरिएको एनएडिएफले जनाएको छ ।

तपाइँको प्रतिक्रिया