शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २०:४६ |सिड्नीको समय: १८:४६ |काठमाडौंको समय: १४:३१

सतीश चापागाई एनआरएनए अमेरिकाको मिडिया संयोजक नियुक्त

एएनजेड खबरमार्च १८, २०२४

काठमाडौं । पत्रकार, गीतकार एवम साहित्यकार सतीश चापागाई एनआरएनए अमेरिकाको मिडिया संयोजक नियुक्त भएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले चापागाईलाई नियुक्त गरेका हुन् ।

पत्रकार चापागाई सन् २०१९ ०२१ कार्यकालमा पनि मिडिया कोअर्डिनेटर नियुक्त भएका थिए । उक्त कार्यकालमा मिडियाहरुसंग राम्रो समन्वय राखेको एनआरएनए गतिविधि सदस्यहरु समक्ष प्रभावकारी रुपमा सम्प्रेषण गरेको भनेर प्रशंसा हुने गरेको छ । नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक समेत हुन् ।

सन् २००८ मा अमेरिका आएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध व्यक्ति हुन् । नेपालमा झण्डै १२ बर्ष सक्रिय पत्रकारिता गरेका चापागाईले रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिकलगायतका राष्ट्रिय र पाल्पा टाईम्स, जनसंघर्ष नवजनचेतना, गांउले देउराली, नेतृत्व साप्ताहिक लगायतका स्थानीय मिडियाहरुमा काम गरेका थिए । उनले श्रीनगर , पश्चिमान्चल र आंधिखोला एफएमहरुमा पनि नेतृत्वदायी भूमीका खेलेका थिए ।

अमेरिकाको मुल प्रबाहको राजनीतिमा प्रवेश गरेका चापागाई मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य हुन् । उनी पाल्पाली संगमका अन्तर्राष्ट्रिय संयोजक समेत हुन् ।

‘एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर नियुक्त गर्नुभएकोमा अध्यक्ष डाक्टर अर्जुन बन्जाडे र सिंगो टिमप्रति आभारी छु,’ चापागाईले भने , ‘सदस्यहरुले सहि सूचना सहि समयमा पाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि अमेरिकामा सक्रिय मिडिया र मिडियाकर्मीहरुसंग मिलेर काम गर्नेछु ।’

तपाइँको प्रतिक्रिया