सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०२:३८ |सिड्नीको समय: ००:३८ |काठमाडौंको समय: २०:२३

८८ प्रतिशत मत ल्याउँदै पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा विजयी

एएनजेड खबरमार्च १९, २०२४

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपति बन्न सफल भएका छन् । गत १५ देखि १७ मार्चसम्म भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत पाएका छन् । उनका विरोधी निकोले खारितोनोवले मात्र ४ प्रतिशत मत पाएका छन् ।

७१ वर्षीय पुटिन रुसी राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै रुसमा कम्तिमा अरु ६ वर्ष पुटिनकै शासन चल्ने भएको छ । रुसले कब्जा गरेको युक्रेनका केही भूभागमा पनि यसपटक मतदान भएको छ ।

जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्राइमिया क्षेत्रमा चुनाव गराएर रुसले ती क्षेत्रहरु आफुले नछाड्ने सन्देश दिएको छ । रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित भनेका छन् ।

तपाइँको प्रतिक्रिया