शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:१७ |सिड्नीको समय: २१:१७ |काठमाडौंको समय: १७:०२

अष्ट्रेलियामा क्यान्सरसँग लड्दै चन्द्र खत्री, आर्थिक सहयोग गरिदिन परिवारको याचना

एएनजेड खबरमार्च २०, २०२४

सिड्नी । अष्ट्रेलियामा रहेका चन्द्र बहादुर खत्रीको जीवन रक्षाको लागि परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन् ।

उनलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको क्यान्सर) भएको पुष्टी भए पश्चात परिवारले सहयोगको याचना गरेको हो । उनीकी श्रीमती परिश्मा जंगमका अनुसार यसअघि उनको छोरा किर्तनश्री केसीको ३१ डिसेम्बर २०२३ मा कान्ति बाल अस्पतालमा सात बर्षको कलिलो उमेरमा निधन भएको र हाल श्रीमानको अवस्था जटिल बनेकाले सबैसँग सहयोगको याचना गरेकी हुन् ।

किर्तनको विगत पाँच बर्षसम्म दुई पटक मष्तिष्कको शल्यक्रिया (हेमीस्फेरेक्टोमि) गर्दा पनि रेस्मुस्सेन इन्सेफेलाइटिस (स्नायु केन्द्रित रोग) को कारणले निधन भएको थियो ।

परिश्मा चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययनरत छन् । उनले आफ्नो परिवारमा परेको चरम बज्रपातको संकटको घडीमा सहयोगको लागि याचना गर्न बाध्य भएको बताएकी छन् । उनको उपचारको लागि १ लाख ५० हजार डलर लाग्ने अनुमान गरिएको छ । हाल सम्म ४० हजार डलर जम्मा भैसकेको छ ।

परिश्माले आफ्नो अपिलमा ‘एक स्वबिलाम्बी महिलालाई यसरी हात फैलाएर सहयोगको लागि याचना गर्न निकै कठिन हुँदो रहेछ तर मसंग मेरो श्रीमानलाई बचाउने अरु माध्यम छैन । हामीले हामीसंग भएको लगभग सम्पूर्ण सम्पति पछिल्लो पाँच वर्षमा छोराको उपचारको क्रममा नेपाल र पटक पटक भारतका महंगा अस्पतालहरुमा सकिसकेको हुँदा हाम्रो आर्थिक अवस्थाले मेरो श्रीमानको थप उपचार खर्च जोहो गर्न असम्भव रहेको’ बताएकी छन् ।

‘मेरो विद्यार्थी स्वास्थ्य बिमा (बुपा इन्सुरेन्स) ले मेरो श्रीमानको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको हुँदा उहाँको उपचारमा व्यक्तिगत हजारौ डलर खर्च लाग्छ। उपचारको क्रममा ४ साइकल केमोथेरापी गरि शल्यक्रिया गरी पुन ४ साइकल केमोथेरापी गर्नुपर्ने योजना मलाई चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

‘हामी श्रीमान श्रीमती दुवैजना अस्ट्रेलियाको ओल्ड एज केर होममा कार्यरत थियौ तर छोराको मृत्यु पश्चात श्रीमानको बिचल्ली अवस्थाको कारण यस बिपतमा काम गर्न सक्ने अवस्था रहेको छैन । किनभने अस्पताल तथा घरमा २४ घण्टा ७ दिननै व्यस्त रहनुपर्ने बाध्यता छ ।

गोफन्डमा गएर गरौं सहयोग

तपाइँको प्रतिक्रिया