सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०३:५० |सिड्नीको समय: ०१:५० |काठमाडौंको समय: २१:३५

अष्ट्रेलियामा जलवायु परिवर्तनको असर बढ्दो, वातावरण प्रदुषित बन्दै

एएनजेड खबरमार्च २०, २०२४

एजेन्सी । अष्ट्रेलियामा जलवायु परिवर्तनको प्रभाव बढ्न थालेको छ । विभिन्न प्रजाति र इकोसिस्टममा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिने गरेको प्रतिवेदनहरु सार्वजनिक भइरहेका छन् ।

सन् २०२१ को वातावरणीय मूल्याङ्कनले वातावरणको डरलाग्दो अवस्था देखाएको साथै कठिन परिस्थिति निम्ताइरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०२३ मा भने अष्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको अध्ययनले देखाएको छ ।

यसअघि पनि जमिनको तापक्रम १.४ डिग्रीले बढेको एवम जैविक विविधता पनि नष्ट हुँदै गएको प्रतिवेदन सार्वजनिक भएको थियो । सन् २०२३ मा पनि अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको अध्ययनले वातावरणले १० मध्ये ७.५ अङ्क मात्रै प्राप्त गरेको छ । प्रतिवेदनका अनुसार २०२३ मा औसत राष्ट्रिय वर्षा ५११ मिलिमिटर थियो भने जुन २०२२ मा ६६३ मिलिमिटरमा झरेको छ ।

अष्ट्रेलियाको सरकार र दलहरुले पनि आम निर्वाचनमा जलवायु परिवर्तनको असरलाई प्रमुख मुद्दा पनि बनाइरहेका छन् । देशलाई जलवायु परिवर्तनको असरबाट मुक्त गराउने प्रतिबद्धतासहित एक वर्षअघि एन्थोनी अल्बानीज अष्ट्रेलियाको प्रधानमन्त्री भएका थिए।

अल्बाजीन सरकारले सन् २०३० सम्म कार्बन उत्सर्जनको मात्रा घटाउने लक्ष्य २६ देखि २८ प्रतिशत रहेकोमा कानुनमा नै परिमार्जन गरेर ४० प्रतिशत घटाउने योजना बनाएको छ । अष्ट्रेलिया संसारकै सबैभन्दा बढी घाम लाग्ने, सबैभन्दा बढी हावा चल्ने र समुद्री किनारमा रहेको देशका रुपमा परिचित छ ।

तपाइँको प्रतिक्रिया