बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १३:३६ |सिड्नीको समय: ११:३६ |काठमाडौंको समय: ०७:२१

कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे

एएनजेड खबरमार्च २३, २०२४

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । उनलाई गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारततर्फ भाग्दै गरेका बेला कपिलवस्तुबाट नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई उनका जेठा छोरा निर्मलको जिम्मा लगाइएको छ । कान्छा छोरा राहुल भने सात महिना अघिदेखि सुन तस्करी प्रकरणकै अनुसन्धानमा क्रममा थुनामा छन् ।

महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानीमा छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

तपाइँको प्रतिक्रिया