शनिबार, फागुन ३, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: १६:२० |सिड्नीको समय: १४:२० |काठमाडौंको समय: ०९:०५

पूर्वराजा ज्ञानेन्द्र आफैं गरे राहदानी नवीकरण, खिचे सेल्फी

एएनजेड खबरमार्च २३, २०२४

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन्। पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर पुगेर राहदानी नवीकरण गरेका हुन्।

उनी राहदानी नवीकरण गर्न आफैं आउने भनेर खबर पायौं तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौं, नभन्दै उहाँ आउनुभयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए।

निर्मल निवास सूत्रका अनुसार, गत सोमबार पूर्वराजा रानी त्रिपुरेश्वर गएर राहदानी नवीकरण गरेका थिए। सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्वराजाले सर्वसाधारण युवाहरु आफैं लाईनमा बसेर राहदानी सेवा लिइरहेको प्रत्यक्ष हेर्न पनि चाहेकाले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरुले पूर्वराजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्वराजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ।

तपाइँको प्रतिक्रिया