बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: १६:५५ |सिड्नीको समय: १४:५५ |काठमाडौंको समय: १०:४०

बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री

एएनजेड खबरमार्च २३, २०२४

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखरास्थित सूर्यदर्शन र अन्य सहकारी पीडित बचतकर्ताहरुको पैसा व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उद्घोष गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाएरै छाड्ने उद्घोष गरेका हुन् ।

साथै, उनले नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नहरुको जवाफ दिन आफू तयार रहेको बताए । गृहमन्त्री लामिछानेले सहकारीमा अवैध रुपमा रकम राख्नेहरुको समेत हिसाब किताब गर्ने बताएका छन् । ‘सहकारीमा बचतकर्ताको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्नँ’ उनले भने ।

सहकारी ठगेर जो जहाँ लुकेको भएपनि खोजेर कारबाहीको दायरामा ल्याइने उनले बताए । लामिछानेले आकाशमा पातालमा जो जहाँ भएपनि सहकारी ठगी गरेर फरार भएकाहरुलाई राज्यले खोजेर ल्याउने र सबै बचतकर्ताको रकम फिर्ता गर्ने विश्वास दिलाए ।

तपाइँको प्रतिक्रिया