शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:५६ |सिड्नीको समय: २१:५६ |काठमाडौंको समय: १७:४१

समलिंगी महिलामाथि निर्घात कुटपिटको घटनाप्रति नील हिरा समाजको आपत्ति, छानविनको माग

एएनजेड खबरमार्च २५, २०२४

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ स्थित सोल्टाघयनकुरमा आफूलाई समलिंगी महिला बताउने राधिका विक(नाम परिवर्तन)लाई परिवारका सदस्य र गाउँलेहरु मिलेर गरिएको निर्घाट कुटपिट एवम यातनाको घटनाप्रति चौतर्फी विरोध भएको छ ।

चैत ११ गतेका दिन अर्को एक महिलासँगै बसेको आरोपमा विक र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट एवम चरम यातना दिएको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएपछि मानवअधिकारवादी संस्थाहरुले उक्त घटनाको विरोध गरेका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पक्षमा आवाज उठाउँदै आएको नील हिरा समाजले घटनाको विरोध जनाउँदै तत्काल सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘एक व्यक्ति अर्को व्यक्तिसँगै बसेकै आधारमा न्यूनतम मानवीयता समेत नराखी सारा परिवार र गाउँलेहरु मिलेर निर्घात कुटपिट गरिनु कहाँसम्मको निरलज्जता र घृणित कार्य हो ? यस्तो घृणित र आपराधिक कार्यले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय मात्र नभइ, एक दलीत र एक मानवमाथि क्रुर व्यवहार भएको हाम्रो ठहर छ ।’

‘नेपालको संविधानको धारा १२, धारा १८ र धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसंख्पयक समुदायको हक अधिकार सुनिश्चित गरिएको छ । समुदायका व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत स्वतन्त्रतामा कुनै बन्देज नभएको कुरा संविधानले प्रष्ट पारेको छ । तर नेपाली समाज अझैपनि परम्परागत सोच र मान्यताबाट ग्रसित हुँदा यस्ता किसिमका हर्कतहरु दोहोरिरनुले मानव अधिकार र संविधानको मर्म माथि नै प्रहार भइरहेको नील हिरा समाजको निष्कर्ष छ । दुई महिलामाथि भएको कुटपिटको घटनाको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा कारवाही गर्न हामी जोडदार माग गर्दैछौं । साथै पीडित व्यक्तिको तत्काल उद्धार गरी आवश्यक उपचार र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

समाजले राष्ट्रिय महिला आयोगलाई पत्र लेख्दै घटनाको छानविन गर्न माग गरेको छ । साथै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानव अधिकार सेललाई घटनाबारे लिखित जानकारी गराएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन् ।

अध्यक्ष गुरुङले भनिन्,‘एक जोडी समलिंगी महिलाविच भएको प्रेम सम्बन्धका कारण निर्घात कुटपिट गरि यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमार्फत निल हिरा समाजमा सुचना प्राप्त भएको र सो भिडियो चौतर्फी रुपमा सार्बजनिक भएको छ ।’

‘आफू समलिंगी महिला भएको र दुई जनाविच प्रेम सम्बन्ध रहेका कारण उनीहरुमाथि निर्घात कुटपिट भएको छ । मानव अधिकार विरोधी घटना र हिंसाप्रति हाम्रो घोर आपत्ति छ । उतm घटनाको सत्यतत्य छानविन गरी पीडितलाई उचित न्याय र पिडकलाई कारवाही गर्नका निमित्त आवश्यक प्रक्रिया अगाडी बढाउन माग गरेका छौं, अध्यक्ष गुरुङले भनिन् ।

घटनाप्रति यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघले पनि आपत्ति प्रकट गरेको छ । सामजिक संजालमा सार्वजनिक भएको भिडियोमा मानिसहरुको ठूलो समूहले सम्बन्धित व्यक्तिहरुलाई लछारपछार गर्दै लाठीले प्रहार गरिरहेको देख्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया