बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: २०:१८ |सिड्नीको समय: १८:१८ |काठमाडौंको समय: १४:०३

दुर्गा प्रसाइँको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

एएनजेड खबरमार्च २५, २०२४

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईले संचालन गरेको झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईँले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय चुँडाल र सुवेदीको इजलासले सो रिट जारी गरेको हो । सोमबार रिट जारी भए पनि संक्षिप्त आदेश आएको छैन ।

तपाइँको प्रतिक्रिया