मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १०:२७ |सिड्नीको समय: ०८:२७ |काठमाडौंको समय: ०४:१२

धनगढीका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

एएनजेड खबरमार्च २६, २०२४

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन् ।

मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको गोवामा बस्दै आएकी जेठी छोरी आरती हमाल सम्पर्कविहीन भएको बताएका छन् ।

छोरी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन मेयर हमालले अनुरोध गरेकी छिन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । हमालले भनेका छन्, ‘गोवा बस्नु हुने शुभचिन्तक, दाजुभाई र दिदिबहिनीहरुले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।’

तपाइँको प्रतिक्रिया