शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०८:४८ |सिड्नीको समय: ०६:४८ |काठमाडौंको समय: ०२:३३

सिड्नीमा “बहुसांस्कृतिक भवन निर्माण” अबधारणा र यथार्थता

एएनजेड खबरमार्च ३१, २०२४


‘छानोमा चन्द्रसुर्य अंकित झण्डा, बाहिर ठूलो साईनबोर्डमा “नेपाली बहुसांस्कृतिक भवन” । भित्र सभाहल देखि नेपाली धार्मिक, सांस्कृतिक पहिचानका बिबिध गतिविधीका कार्यक्रम ।’
सामाजिक अभियन्ता सुदीप ढकाल नेतृत्वको टोली माथि उल्लेख गरिएको काल्पनिक योजनालाई मूर्तरूप दिन दृढसंकल्पका साथ लागेको छ “सिड्नी नेपलिज मल्टीकल्चर सेन्टर”का माध्यमवाट । अनि सेन्टरका अध्यक्ष रहेका ढकालका सारथीहरू उपाध्यक्ष द्वय सुर्य खनाल, कल्याणी बर्तौला, महासचिव डा.प्रकाश पौडेल, पब्लिक अफिसर तीर्थ खतिवडा सदस्य हरीभक्त अधिकारीहरू होस्टे होस्टे भन्दै कहिले गाला डिनर, कहिले कम्युनिटी कन्सल्टेन्ट त कहिले पत्रकारहरूसंगको अन्तरकृयामा सकृय रहदै आएका छन् । अब आगामी ६ अप्रिलमा क्रुज पार्टीमा अधिक नेपालीलाई यो अभियानको होस्टेमा हैसे गराउने गरि सहभागी बनाउने लक्ष्य रहेको छ संस्थाका प्रवक्ता अरूण गौतमले भने ।
सिड्नी अष्ट्रेलियाको ब्यापारिक सहर मात्र हैन, एकलाखका हाराहारीमा नेपालीहरूले आफ्नो कर्मथलो बनाएको सहर पनि हो । सिड्नीमा रहेका नेपालीहरूले आर्थिक, सामाजिक, राजनीतिक पहिचानमा समेत उत्तिकै सफलता हात चुमेका छन् । करिब डेढसयको हाराहारीमा नेपाली सामाजिक संस्था सकृय छन्, समग्रमा नेपालीको पहिचान गौरबशाली बनेको दाबी धेरैले गरेका छन् ।
तर बिडम्बना नेपालीहरूको आफ्नै एउटा भवन अहिले सम्म बन्न सकेको छैन । त्यसैले बिगतका तिता अनुभववाट केही पाठ सिकेर पूर्ण योजनाका साथ अधिक भन्दा अधिक नेपालीलाई सहभागी गराई यो अभियानलाई पूर्णता दिने आफ्नो टीमको योजना रहेको अध्यक्ष ढकालले बताए ।
गएको बिहीवार साझ सिड्नीमा रहेका नेपाली पत्रकारहरूसंगको अन्तरकृयामा पनि मल्टीकल्चर सेन्टरका कार्यसमिति पदाधिकारी र सदस्यले एकै स्वर र लयमा सम्पू्रण नेपाली समाजलाई यो अभियानमा जोडेर यहाका सरकारी निकायलाई घचघचाउने र नेपाली भबन बनाई छाड्ने दृढसंकल्प व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया