शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:५८ |सिड्नीको समय: २१:५८ |काठमाडौंको समय: १७:४३

स्पष्टीकरण सोधेपछि रमेश खरेलले रास्वपा छाडे

एएनजेड खबरमार्च २७, २०२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन् ।

केही दिनअघि एक टिभी कार्यक्रम चलाउँदै खरेलले पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो । तर खरेलले पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको भन्दै राजीनामा बुझाएका हुन् ।

अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्, ‘पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ।’

आम चुनाव २०७९ मा काठमाडौं–१ मा सुशासन पार्टीका तर्फबाट चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित हुन पुगे । उनी पूर्व डीआईजीसमेत हुन् ।

तपाइँको प्रतिक्रिया