शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २२:२४ |सिड्नीको समय: २०:२४ |काठमाडौंको समय: १६:०९

अष्ट्रेलियाको उत्पादकत्वमा मन्दी, प्रतिस्पर्धामा गिरावट

एएनजेड खबरमार्च २९, २०२४

एजेन्सी । पछिल्ला बर्षहरुमा अष्ट्रेलियाको उत्पादकत्वमा मन्दी छाएको साथै बजार संकुचन बढेको अध्ययनले देखाएको छ । साथै नयाँ–नयाँ प्रविधिमा लगानी न्यून भएको तथा सेवा अर्थतन्त्रतर्फ उन्मुख भएको जनाइएको छ ।

संघीय संसद्को अर्थसम्बन्धी स्थायी समितिले गरेको अध्ययनले अष्ट्रेलियाको प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा संकुचन आएको देखाएको छ । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले जीवनस्तरमा त्यसको प्रभाव देखिएको हो । औसत उत्पादकत्व वृद्धिमा पनि कमी आएको छ ।

सत्तारूढ लेबर पार्टीका सांसद एवं पूर्वअर्थशास्त्री डान मुलिनोले मानिसको जीवनस्तरमा सुधार ल्याउन अष्टे«लिया अझै बढी प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन्। मुलिनोले अष्ट्रेलियामा कम उत्पादकत्व वृद्धिको दशकबाट सुधारतर्फ अग्रसर भइरहेको बताउँदै प्रतिस्पर्धा र आर्थिक गतिशीलताको आवश्यक भइसकेको बताए।

सन् २०२३ मा प्रकाशित एक रिपोर्टमा, अष्ट्रेलियाको औसत उत्पादकत्व वृद्धि सन् २०२० सम्म १० वर्षको अवधिमा १.१ प्रतिशतमा झरेको छ जुन ६० वर्षमा सबैभन्दा कम हो।

तपाइँको प्रतिक्रिया