शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०८:११ |सिड्नीको समय: ०६:११ |काठमाडौंको समय: ०१:५६

पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित छ: प्रेस युनियन

एएनजेड खबरमार्च ३१, २०२४

सुनसरी । नेपाल प्रेस युनियन केन्द्रीय समिति बैठकले १० बुँदे सुनसरी घोषणा पत्र जारी गरेको छ । चैत्र १६ र १७ गते सुनसरीमा बसेको पूर्ण बैठकले सदस्यता टुंगो नलगाइ नेपाल पत्रकार महासंघको महाधिवेशन मिति घोषणा गरिएकोप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

शनिबार साँझ युनियनका महासचिब दिलिप पौडेलद्धारा जारी विज्ञप्तिमा महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको जनाउँदै महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियन आग्रह गर्दछ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने युनियनको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक रहेको र संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँुदै कुनै प्रकारका विवाद सिर्जना नगर्न युनियनले आग्रह पनि गरेको छ ।

त्यस्तै श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा युनियन गम्भीर र चिन्तित रहेको उल्लेख गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको जनाएको छ ।

श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गरेको छ ।

मितिः२०८०।१२।१७

प्रेस विज्ञप्ति

नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकले तपसिलअनुसारको १० बुँदे प्रेस युनियन सुनसरी घोषणा पत्र जारी गरेको छ ।
१ नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने ।
२ पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’मा जिल्ला शाखाहरू, प्रतिष्ठान शाखा, उपशाखा र प्रदेश समितिलाई परिचालित गरी प्रशिक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने ।
३ नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग छ । पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियन आग्रह गर्दछ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने युनियनको ठहर छ ।
४ नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक छ । संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँदै कुनै प्रकारका विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई युनियन आग्रह गर्दछ ।
५ श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित रहेको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियन आग्रह गर्दछ ।
६ सञ्चार माध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई

सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगारमुलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न युनियन आग्रह गर्दछ । साथै, अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गारउन समेत युनियन जोडदार माग गर्दछ ।
७ सञ्चार माध्यमहरुले पनि आचारसंहीता पालना गर्दै विश्वसनीय र जिम्मेवार कन्टेन्ट प्रकाशन तथा प्रशारणमा ध्यान दिन युनियन आग्रह गर्दछ । सञ्चारमाध्यममा सहभागिता र समावेशितालाई जोड दिने र समाचार कन्टेन्टमा पनि विविधता ल्याउने गरी प्रोत्साहनको नीति ल्याउन नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।
८ समग्र सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमनसहित व्यक्तिगत तथ्यांक संरक्षण एवम् साइबर सुरक्षा र साइबर अपराध लगातयका विषयलाई नियमन नर्ग सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनियताको हक लगायत अनेकौँ मौलिक हक हनन् हुने गरी र कयौँ अस्पष्टतासहित तयार उक्त विधेयक मस्यौदा तयार भएकाले यसतर्फ सचेत रहँदै संविधानप्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्न युनियन जोडदार माग गर्दछ ।
९ सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँछ । साथै, आगामी चैत २७ गतेदेखि एक महिनासम्म चल्ने महाकुम्भ मेलामा सहभागी हुन र मेलाको आवश्यक प्रचारसमा सघाउन सञ्चारकर्मीलाई आग्रह गर्दछ ।
१० नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने नेपाल प्रेस युनियन सुनसरी शाखालाई विशेष धन्यवाद ज्ञापन गर्दछ ।

दिलीप पौडेल
महासचिव

तपाइँको प्रतिक्रिया