शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ११:५४ |सिड्नीको समय: ०९:५४ |काठमाडौंको समय: ०५:३९

मिलियनले “गाजल” गीतको भिडियो हेरेपछि जेनिसा गौतम मख्ख (भिडियो सहित)

एएनजेड खबरमार्च ३१, २०२४

आफ्नो गीत “गाजल” रिलिज भएको केहि दिनमै लोकप्रिय भएपछि गायिका जेनिसा गौतमले खुसी व्यक्त गरेकी छन् ।

सामाजिक सन्जाल फेसबुकमार्फत गौतमले १ मिलियनले गीत हेरेको जनाउदै गीतको लोकप्रियतासंगै आएको सद्भाव र सकारात्मक प्रतिकृयाले आफुलाई प्रोत्साहन मिलेको जनाएकी छिन् ।
जेनिसा गौतम अष्ट्रेलिया र विशेष गरि सिड्नीमा कुशल गायिका, असल मोडेल र आकर्षक डान्सर लगायतका बहुमुखी प्रतिभा भएको कलाकारकी रूपमा परिचित् छिन् ।

अहिले गाजल गीतको लोकप्रियताले उनको सामाजिक उचाई अझै बढ्दै गएको प्रतिकृया पाएकी छिन् ।
समलिङ्गीबीचको प्रेम कहानीलाई प्रस्तुत गरिएको म्यूजिक भिडियोले छोटो समयमै दर्शकहरुको उल्लेख्य माया पाएको छ । गीतमा जेनिशा गौतम आफैले स्वर भरेकी छिन् भने डिबी खनाल र स्वयम् गौतमको रचना, सुवास भुषालको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र आभा थापाले अभिनय गरेका छन् ।
(भिडियो हेर्नुहोस्)

तपाइँको प्रतिक्रिया