शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १३:३० |सिड्नीको समय: ११:३० |काठमाडौंको समय: ०७:१५

एनआरएनए विवादबारे बोले प्रधानमन्त्री : ‘सहमति नभए प्रतिवेदनका आधारमा अघि बढ्छौं ’

एएनजेड खबरमार्च ३१, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने बताएका छन् । कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए ।

शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने पनि बताए । मतदान अधिकारका लागि विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारी भइरहेको उनले बताए ।

एनआरएनएका सवालमा प्रधानमन्त्री दाहालले भने,‘गैर आवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने छ । पहिले सहमतिको प्रयास गरिनेछ । नभए प्रतिवेदनका आधारमा अघि बढिनेछ ।’

प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए ।

तपाइँको प्रतिक्रिया