शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १२:१३ |सिड्नीको समय: १०:१३ |काठमाडौंको समय: ०५:५८

नेपालबाट अष्ट्रेलियामा १५ करोड ४८ लाख रुपैयाँको चाउचाउ र पास्ता निर्यात

एएनजेड खबरअप्रिल १, २०२४

काठमाडौं । नेपालबाट सबैभन्दा धेरै चाउचाउ तथा पास्ता युएईमा निर्यात भएको छ । आठ महिनाको अवधिमा सवा १ अर्ब रुपैयाँ बढीको चाउचाउ तथा पास्ता निर्यात गर्दा युएईमा मात्रै ५५ करोड ७७ लाख रुपैयाँको २३ लाख २७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात भएको हो ।

युएईपछि अष्ट्रेलियामा निर्यात भएको छ । अष्ट्रेलियामा १५ करोड ४८ लाख रुपैयाँको ४ लाख ९० हजार केजी निर्यात गरेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट विश्वका विभिन्न मुलुकमा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा चाउचाउ तथा पास्ता निर्यात १० प्रतिशतले बढेको हो । नेपालबाट सबैभन्दा बढी भारतका साथै अस्ट्रेलिया र अमेरिकालगायतका विभिन्न मुलुकमा नेपाली चाउचाउ र पास्ता उच्च निर्यात हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया