शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १५:०१ |सिड्नीको समय: १३:०१ |काठमाडौंको समय: ०८:४६

रेशम र रञ्जिताको घरझगडा प्रचण्डले मिलाइदिने !

एएनजेड खबरअप्रिल ३, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद मिलाउन पहल लिएका छन् । उनले मंगलबार अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन तर, सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा उसकै खाँचो छ । त्यसकारण पनि नाउपा विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न प्रधानमन्त्री प्रचण्डले पहल लिएका हुन् ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । उनीहरु पति पत्नी पनि हुन् ।

रेशम पक्षले सुदूरपश्चिम प्रदेशको हालको सरकारलाई समर्थन गर्ने र रञ्जिता पक्षले नगर्ने भनेर अडान लिएपछि विवाद भएको हो। रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

तपाइँको प्रतिक्रिया