शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:५४ |सिड्नीको समय: १०:५४ |काठमाडौंको समय: ०६:३९

नयाँ बर्ष मनाउने तयारीमा अष्ट्रेलियाका नेपाली

एएनजेड खबरअप्रिल ३, २०२४

सिड्नी । नेपाली नयाँ बर्ष २०८१ आउनलाग्दा विदेशका विभिन्न ठाउँमा कार्यक्रमहरुको तयारी भइरहेको छ । विदेशमा सक्रिय विभिन्न संस्थाहरुले विशेषगरी मनोरन्जनात्मक कार्यक्रमको तय गरेका छन् ।

नेपाली समुदायको बाक्लो बसोबास रहेको अष्ट्रेलियाका विभिन्न सहरमा मनोरन्जनतात्मक कार्यक्रमको तयारी भइरहेको छ । नयाँ बर्षको उपलक्ष्यमा अष्ट्रेलियाको ब्रिजबेनमा भब्य लोक दोहोरी कार्यक्रमको तयारी भइरहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अष्ट्रेलिया शाखाको सहयोगमा उपशाखा क्विइन्सल्यान्डले “विदेशी परिवेश, नेपालीपनको उत्थान कला, सँस्कृतिको सँरक्षण हाम्रो अभियान ’” नारासहित आगामी अप्रिल १२ मा विशेष लोक दोहोरी कार्यक्रमको आयोजना गर्न लागेको हो । लाइभ दोहोरीमा नेपालबाट आएका रमेश बीसी मधु क्षेत्री, मेक्सम खाति, अमृत सापकोटा, कोपिला मगर साथै आयोजकका तर्फबाट झलक पुन, गिता छ्न्त्याल, रमेश खत्री, रन्जन पराजुली, सुमित्रा ढकालको धमाकेदार प्रस्तुति दिनेछन् ।

त्यस्तै फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले नेपाली नयाँ वर्षमा तथा ‘विसु पर्व’ मनाउने तयारी गरिरहेको छ । सोसाईटीले सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व अप्रिल १४ तारिख मेलबर्नको स्टोनिया हाउसमा मनाउन लागेको हो।

कार्यक्रममा किड्स फेस पेन्टिङ, सांस्कुतिक प्रस्तुति, नित्य, देउडाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने सोसाईटीका उपाध्यक्ष दिप चन्दले जानकारी दिए।

नयाँ बर्षकै पेरिफेरिमा लोकप्रिय गायक कर्णदासले आफ्नो सांगितिक प्रस्तुति दिने छन् । नयाँ बर्षकै छेको पारेर विभिन्न नेपाली फिल्महरु पनि अष्ट्रेलियाका सहरहरुमा प्रदर्शन हुनेछन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि एकै दिन रिलिजको तयारीमा छ । अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ ।

हाल प्रदर्शन भइरहेको ‘महाजात्रा’ पनि विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । महाजात्रा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, पर्थ, डार्बिन, क्यानबेरा र एडिलेटमा प्रदर्शनको योजना छ । अष्ट्रेलियाको सिड्नीमा थप १३ शो तय भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया