बुधबार, वैशाख १९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०१:३१ |सिड्नीको समय: २३:३१ |काठमाडौंको समय: १९:१६

विश्वमा अर्बपतिको नयाँ सूची : भारतमा बढ्यो, चीनमा घट्यो, चौधरी यथास्थानमै

एएनजेड खबरअप्रिल ४, २०२४

काठमाडौं। विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक भएको छ। अमेरिकी पत्रिका फोर्ब्सका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ पुगेको हो। यो सूचीमा गत वर्षभन्दा बढी १४१ जना अर्बपति बनेका छन्।

विश्वका डलर अर्बपतिको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको फोर्ब्स पत्रिकामा उल्लेख छ। यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन बढी हो। अर्बपतिमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति घटेको छ।

शीर्ष २० जना अर्बपतिको सम्पत्ति गत वर्षभन्दा ७ खर्ब डलर बढेको छ। अमेरिकामा सर्वाधिक ८१३ जना अर्बपति रहेका छन् भने दोस्रो स्थानको चीनमा ४७३ जना अर्बपति छन्। तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २०० पुगेको छ। गत मार्च ८ को सेयर मूल्य तथा विनिमय दरका आधारमा अर्बपतिको सम्पत्ति गणना गरिएको फोर्ब्सले उल्लेख गरेको छ।

अर्बपतिको पहिलो सूचीमा लुई भिटन तथा सेफोरालगायत फेसन र कस्मेटिक ब्रान्डका मालिक बर्ना आर्नो परेका छन्। फ्रान्सेली अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ।

यस्तै, दोस्रोमा एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कुल सम्पत्ति १ खर्ब ९५ अर्ब रहेको छ। अर्बपतिको तेस्रो नम्बरमा अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर रहेको फोब्र्सले उल्लेख गरेको छ। तर नेपालका छिमेकी देश चीन भन्दा भारतमा अर्बपतिको संख्या बढेको देखिन्छ ।

चिनियाँ अर्बपतिको संख्या लगातार तेस्रो वर्ष पनि घटेको हो । सूची अनुसार सन् २०२४ मा ४०६ जना चिनियाँको नाम अर्बपतिको सूचीमा छ । जबकि अघिल्लो वर्ष सन् २०२३ मा चिनियाँ खर्बपतिको संख्या ४९५ थियो । यस्तै सन् २०२१ मा चिनियाँ खर्बपतिको संख्या ६२६ थियो ।

गत वर्ष फोर्ब्स अर्बपतिको सूचीमा रहेका १२५ जनाको नाम यो वर्ष सूचीबाट हट्दा ३१ जना नयाँ बिलियनरको नाम समावेश भएको छ। ११ जनाले पुनः अर्बपतिको सूचीमा नाम लेखाउन सफल भएका छन्। गत वर्ष फोर्ब्स अर्बपतिको सूचीमा रहेका १२५ जनाको नाम यो वर्ष सूचीबाट हट्दा ३१ जना नयाँ बिलियनरको नाम समावेश भएको छ। ११ जनाले पुनः अर्बपतिको सूचीमा नाम लेखाउन सफल भएका छन्।

विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारत तेस्रो स्थानमा परेको छ । भारतका २०० जना फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा छन् । सन् २०२३ मा भारतका अर्बपतिको संख्या १६९ थियो ।

नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४औं नम्बरमा रहेका छन्। उनको सम्पत्ति १.८ बिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ।

तपाइँको प्रतिक्रिया