सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०९:२२ |सिड्नीको समय: ०७:२२ |काठमाडौंको समय: ०३:०७

पोर्चुगलमा नेपाली पासपोर्ट वितरण : एक करोड ६६ लाख राजश्व उठ्यो

एएनजेड खबरअप्रिल ४, २०२४

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट रु एक करोड ६६ लाख ६२ हजार राजस्व सङ्कलन भएको छ । राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन पनि गरिएको छ ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो ।

टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् ।

टोलीले शिविर अवधिभर राहदानीबिहीन बनेका, राहदानी हराएका, क्षति भएका र राहदानीकै कारण समस्यामा परेका नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको उनले बताइन् ।

शिविर गत मार्च २४ तारिखदेखि सुरु भएको हो । मङ्गलबार बिहानसम्म थप आवेदन सङ्कलन गरिएको थियो । टोलीले राहदानी हराएका, क्षति भएका, सन् २०२४ फ्रेब्रुअरी २९ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय ९आइमा० मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो ।

तपाइँको प्रतिक्रिया