बुधबार, वैशाख १९, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०६:०० |सिड्नीको समय: ०४:०० |काठमाडौंको समय: २३:४५

मध्यराति पक्राउ परे राजेशपायल राई

एएनजेड खबरअप्रिल ४, २०२४

काठमाडौं । गायक राजेशपायल राईलगायत तीन जना कलाकार पक्राउ परेका छन्। मदिरा पिएर होहल्ला गरेपछि राईसहित तीन जना कलाकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।

गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया