मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०६:४८ |सिड्नीको समय: ०४:४८ |काठमाडौंको समय: ००:३३

कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश इलामले दिन्छ : डा.कोइराला

एएनजेड खबरअप्रिल १५, २०२४

इलाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि ईलाम २ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको बिषय भएको छ’, कोइराला भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका डा.कोइरालाले जतिजना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने बताए ।

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्न समेत निर्देशन दिए । यही बैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधनपछि उक्त प्रतिनिधि सभा सदस्य पद रिक्त थियो ।

तपाइँको प्रतिक्रिया