बुधबार, वैशाख १९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०१:५० |सिड्नीको समय: २३:५० |काठमाडौंको समय: १९:३५

तेस्रो लगानी सम्मेलन : अष्ट्रेलियाबाट ६ सहित ४ सय ६२ लगानीकर्ताले आउने पक्का

एएनजेड खबरअप्रिल १८, २०२४

काठमाडौं । बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा बुधबार बेलुकासम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेका छन्। लगानी बोर्डले १ हजार ३ सय ५५ जनालाई निम्ता पठाएको थियो।

बुधबारसम्म तीन दर्जन देशका ४ सय ६२ जनाले आउने निश्चित गरेको बोर्डले जनाएको छ। जसमा भारत र चीनबाट मात्रै ५४ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन्। अझै पनि लगानीकर्ता थपिने क्रम जारी रहेको बोर्डले जनाएको छ।

नेपालका १ सय ६१ जना लगानीकर्ताले सहभागिता जनाउँदैछन्। चीनबाट ६४, भारतबाट ५७, जर्मनीबाट १२, बेलातयबाट ११, अमेरिकाबाट १० र बंगलादेशबाट १० लगानीकर्ता सम्मेलनमा सहभागि हुँदै छन्।

यूएईबाट ८, जापानबाट ८, दक्षिण कोरियाबाट ७, पाकिस्तानबाट ६, अष्ट्रेलियाबाट ६, सिंगापुरबाट ४, मलेसियाबाट ४, रसियाबाट ३, फिनल्यान्डबाट ३, कोलम्बियाबाट ३ र क्यानडबाट पनि ३ जनाले अहिलेसम्म आउने पक्का गरेका छन्।

तपाइँको प्रतिक्रिया