शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०३:५६ |सिड्नीको समय: ०१:५६ |काठमाडौंको समय: २१:४१

मलेसियाले विदेशी श्रमिक नलिने, नेपाललाई असर पर्ने

एएनजेड खबरअप्रिल २४, २०२४

काठमाडौं । मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । केहीदिनपहिले आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो ।

मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ ।

मलेसियाका गृहमन्त्री सेरी सैफुद्दिन इस्माइलले आप्रवासी श्रमिकको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी श्रमिक नलिइने बताएका थिए । मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन ।

नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियाले श्रमिक लिने गरेकामा नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियामा त्यहाँको सरकारले विदेशी श्रमिक रोक्ने निर्णयले नेपाललाई असर पर्ने देखिएको हो ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ भने त्यसमा नेपाली श्रमिकको सङ्ख्या करिब पाँच लाख रहेको तथ्याङ्कले देखाएको छ ।

तपाइँको प्रतिक्रिया