मंगलबार, वैशाख ३०, २०८२ |Tue May, 2025
अक्ल्याण्डको समय: २१:४५ |सिड्नीको समय: १९:४५ |काठमाडौंको समय: १५:३०

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

एएनजेड खबरजुन १०, २०२२

जाजरकोट– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनामा ९ जना घाइते भएका छन्।
गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ।

तपाइँको प्रतिक्रिया