सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०४:४२ |सिड्नीको समय: ०२:४२ |काठमाडौंको समय: २२:२७

एसियाली र्‍याफ्टिङ च्याम्पियनशिपमा नेपाललाई स्वर्ण पदक

एएनजेड खबरमार्च १०, २०२४

काठमाडौँ । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनशिपमा स्वर्ण पदक जितेको छ । च्याम्पियनशिपको हेड टु हेडमा नेपालले भारतलाई पछि पार्दै स्वर्ण जितेको हो ।

उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकका साथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।

समग्र टिममा नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् ।

तपाइँको प्रतिक्रिया