मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १५:३८ |सिड्नीको समय: १३:३८ |काठमाडौंको समय: ०९:२३

तान्जानियामा भारी वर्षापछि बाढी र पहिरो, १ सय ५५ जनाको मृत्यु

एएनजेड खबरअप्रिल २६, २०२४

काठमाडौं । तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ ।

एल निनो वर्षाका कारण साढे दुई सय भन्दा बढी घाइते भएका छन् । वर्षाका कारण साढे २ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको छ । वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेलवेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया