आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ००:२१ |सिड्नीको समय: २२:२१ |काठमाडौंको समय: १८:०६

विदेशमा भएका नेपालीलाई मताधिकार माग्दै सिके राउत

एएनजेड खबरमे ७, २०२४

काठमाडौं । जनमत पार्टीले विदेशमा भएका नेपालीलाई मताधिकार दिन माग गरेको छ । नोट चल्ने तर भोट नचल्ने हुनु नहुने जनमतले आग्रह गरेको छ ।

पार्टी प्रमुख डाक्टर सिके राउतले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ५ बुँदे माग पत्र पेस गरेको छ ।

कतार, साउदी र जापान पुगेर आएपछि नेपाली कामदारको जानकारी लिएको भन्दै राउतले विदेशका नेपालीले बर्सको १५ खर्ब रेमिटेन्स दिएको तर राज्यले हटलाइन, हेल्प डेस्क तथा मताधिकार नदिएको गुनासो गरेका छन् ।

खाडीका नेपालीलाई अङ्ग्रेजी र अरबी मात्र होइन नेपाली पनि धेरैलाई नआएको भन्दै राउतले ती कामदारले दूतावासलाई सेवामा सहयोग माग्दा सहज नभएको र बानी राम्रो नदेखाइएको आरोप समेत लाएका छन् । यो सकस हल गर्न दूतावासका कर्मचारीलाई तालिम दिन आवश्यक भएको उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया