आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २२:४० |सिड्नीको समय: २०:४० |काठमाडौंको समय: १६:२५

अष्ट्रेलियामा टिआर भिसामा कडाइ, विभेदकारी भएको गुनासो

एएनजेड खबरमे १, २०२४

सिड्नी । नयाँ आप्रवासी नीति लागु गरेर अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेको अष्ट्रेलियन सरकारले देश अनुसार नियम लागू गरिरहेको छ । न्यून आय भएका देशका विद्यार्थी र बढी आय भएका देशका विद्यार्थीमा फरक फरक नियम लागू गरेको छ ।

टेम्पोररी ग्राजुएट भिषा (टिआर)को आवेदन दिने उमेर हद र भिसाका सवालमा देश अनुसार फरक प्रावधान खडा गरेको छ । टिआर भिसाका लागि विद्यार्थीको उमेर ५० बर्षबाट ३५ बर्षमा झारिएको छ । सन् २०२३ डिसेम्बर दोस्रो साता जारी नीतिमा व्यवस्था भएको परिवर्तन अनुसारको नियम कार्यान्वयनमा आएको हो ।

पढाई सकेपछि अप्लाई गर्न पाउने टिआर भिसामा हङकङ र युरोपका विद्यार्थीहरुले भने ५० बर्षसम्म पनि आवेदन दिन पाउनेछन् । त्यस्तै भारतका विद्यार्थीहरुका हकमा टिआर भिसा २ बर्षको सट्टा तीन बर्ष नै पाउनेछन् । तर नेपाललगायत न्यून आयस्तर भएका विद्यार्थीहरुका हकमा भने यस्तो प्रावधान विभेदकारी देखिएको छ ।

सरकारको उक्त प्रावधानप्रति अष्ट्रेलियाका उच्च शिक्षा एलाइन्स लगायतका संघसंस्थाले विरोध जनाएका छन् । सरकारको पछिल्लो घोषणाले हजारौँ विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । त्यस्तै, आगामी बजेट मार्फत विद्यार्थी भिसा आवेदन शुल्क कम्तिमा २५ सय डलर भन्दा बढी पुर्याउने सरकारको तयारी छ ।

तपाइँको प्रतिक्रिया