शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:१४ |सिड्नीको समय: १९:१४ |काठमाडौंको समय: १४:५९

तेस्रो तालवाराही कपको सिड्नीमा भव्य तयारी

एएनजेड खबरजुन १२, २०२१

सिड्नी स्थित फेवा फूटबल क्लबले एकदिवसीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्रेस इन्टरनेशनल तालबाराही कप नाम दिइएको उक्त प्रतियोगिता अगष्ट ८ मा अवर्नको बेब्स एभिन्यूमा आयोजना गर्न लागिएको हो ।

This image has an empty alt attribute; its file name is taalbarahi-cup-724x1024.jpg

फेवा एफसीका अध्यक्ष विश्वास गुरुङका अनुसार तेस्रो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा खुला तर्फ २४ समूह तथा ३५ बर्ष माथिका भेट्रान खेलाडीहरुका ८ समूह गरी ३२ समूहले भाग लिने भएका छन् । ती सबै समूह नेपालीहरु रहेको र महामारीको कठीन अवस्थाकावीच नेपालीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्धेश्यसहित खेल आयोजना गरिएको उनले बताए ।
गुरुङले भने, ‘महामारीको कारण अष्ट्रेलियामा खेलकूद गतिविधि कमै भैरहेको अवस्थामा रिफ्रेसमेन्टको तथा आपसी भाइचाराको सम्बन्ध बलियो बनाउने उद्धेश्यसहित खेल आयोजना गरिएको हो ।’
विदेशको ठाँउमा आएपनि नेपालीवीच सामिप्यता जगाउने भन्दै उनले महामारीकै अवस्थामा आयोजित यस खेलले विशेष महत्व राख्ने बताए ।

तपाइँको प्रतिक्रिया