शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

पत्रकारसंग लगनगाँठो कस्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री

एएनजेड खबरजुन १७, २०२१
This image has an empty alt attribute; its file name is New_Zealand_Prime_Minister_Jacinda_Ardern_in_2018-3-819x1024.jpg

विश्वलाई कोरोनाले पिरोलिरहेका बेला सुन्दर देश न्यूजिल्याण्ड भने आफ्नो सरकार प्रमुखको झयाइँ पार्ने खबर सुनाउन आतुर छ । देशको उच्चतम कुर्सीमा रहेका बेला घरबार गर्ने अनौठो संयोग त्यहाँकी ४० वर्षीया प्रधानमन्त्री जेसिन आर्डनललाई जुरेको छ ।
आर्डनले आगामी ग्रीष्म ऋतुमा आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाहको यकिन साइत भने सार्वजनिक गरिएको छैन । मुलुकको बहालवाला प्रधानमन्त्रीसंग विवाह गर्ने ती भाग्यमानी को होलान ? विश्व प्रसिद्ध धनाढ्य, वैज्ञानिक, प्राध्यापक, कुटनीतिज्ञ तपाईं यस्तो भीआईपी पेशाको गणनामा औंला भाँच्दै हुनुहुन्छ भने सो¥है आना गलत गर्दै हुनुहुन्छ । जेसिन्डाकी प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनी ४४ वर्षका छन् । उनीहरू लामो समयदेखि विवाह बन्धनमा नबाँधिए पनि सँगै बस्दै आएका थिए । तीन वर्षअघि विवाह गर्ने निधोमा यो जोडी पुगेको थियो ।
विवाहअघि नै सहमतिमा छोरी जन्माएका छन् । छोरीको नाम नेभे राखिएको छ । उनी बाउआमाको विवाहमा जन्ती हुनेछिन् । नेपाली समाजमा भएको भए यो ठूलो फन्डा बन्ने थियो । नेता र पत्रकारको युगल जोडी बाँधिएको संयोग पनि उत्तिक्कै रोचक छ । यो जोडीको आँखा साटासाट सन् २०१२ मा एउटा पुरस्कार वितरण समारोहमा भएको थियो । सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा जेसिन्डाले क्लार्कको टीभी कार्यक्रममा सहभागिता जनाएपछि प्रेमले औपचारिकता पायो ।
सन् २०१९ मा गर्भवती भएकै बेला उनले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी थिइन । न्यूजिल्याण्डको राजनीतिक इतिहासमा उनी सर्वाधिक कलिली प्रधानमन्त्री हुन् । कोरोना महामारीलाई समयोचित व्यवस्थापन गरी न्यूजिल्याण्डलाई कोरोनामुक्त देश बनाएको जशले अहिले यिनलाई विश्वमा लोकप्रिय बनाएको छ । कोरोनालाई पराजित गरेवापत उनले पाएको पुरस्कारका रुपमा पनि कतिपयले उनको विवाहलाई व्याख्या गरेका छन् ।
विहेको खबर यतिमै सकिदैन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले भर्खरै निजी कार्यक्रमबीचे प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका छन् । उनीहरू लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएका हुन । उनीहरूले वेस्टमिनिस्टर गिर्जाघरमा अति थोरै मानिस आमन्त्रण गरी विवाह समारोह सम्पन्न गरिएको छ । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।
बेलायतमा कोरोना भाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।
उनीहरूको २०१९ देखि नै प्रेम चलिरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको थियो । प्रधानमन्त्री जोन्सन अहिले ५६ वर्षका भए । उनकी नयाँ पत्नी ३३ वर्षकी छन् । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो हो । नेपालमा पनि पदमा रहँदा विवाह गरिएका एकाध घटना छन् । गृहमन्त्री छँदा ५० वर्षको उमेरमा कांग्रेस सभापति शेरबहादुर देउवाले घरजम गरेका थिए । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्ष ५० वर्षको उमेरमा झ्याइँ पारे I

तपाइँको प्रतिक्रिया