मंगलबार, जेठ ८, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०३:३२ |सिड्नीको समय: ०१:३२ |काठमाडौंको समय: २१:१७

न्युजिल्याण्ड निवासी नमिताको ‘म मजदुर मायाको’ सार्वजनिक

एएनजेड खबरजुन १८, २०२१

नमिता दवाडी प्रवासी नेपाली साहित्य सिर्जना यात्रामा परिचित नाम । मनै छुने शब्दसंयोजनले भरिएका गजल, कविता र अन्य रचनाले दर्शक,श्रोता र पाठककी प्रिय यी पात्रको अर्काे परिचय हो गीतकार । न्युजिल्याण्ड निवासी यीनै नमिताका शब्दले भरिएको गीत (म मजदुर मायाको)को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। यस गीतमा स्वर र संगीत गायक केशव भावुकको रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। लामो समय देखि संगीत क्षेत्रमा सक्रिय गायक भावुकका यसअघि कयौ गीत बजारमा आइसकेका छन्।
प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन् । कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलायमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको नमिताले एएनजेड खवरलाई बताईन् ।नमिताको कथन थियो – मैले यो म्यूजिक भिडियोमा केही पृथक दिने प्रयास गरेको छु, रिलिज भएको केही समयमै धेरै शुभचिन्तक, दर्शक र श्रोतावाट सकारात्मक प्रतिक्रिया पाएको छु, जसले मलाई छुट्टै उर्जा दिएको छ । मिराज अर्यालको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। महेश बाबु दवाडी निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडीको आधिकारिक च्यानल ’नमिता दवाडी’ मार्फत सार्वजनिक गरिएको हो।

तपाइँको प्रतिक्रिया