सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०८:३० |सिड्नीको समय: ०६:३० |काठमाडौंको समय: ०२:१५

अष्ट्रेलिया र न्यूजिल्याण्डमा एनज्याक डे : नेपालमा विशेष कार्यक्रम

एएनजेड खबरअप्रिल २६, २०२४

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा एनज्याक डे मनाइएको छ । ग्यालीपोली युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकहरुको सम्मान र स्मृतिमा एनज्याक डे मनाइएको हो ।

नेपालस्थित अष्ट्रेलियाली राजदूताबासले पनि विशेष समारोहको आयोजना गरेर एनज्याक डेमा आफ्ना बहादुर सैनिकहरुको स्मरण गरेको छ । २५ अप्रिलमा यो डे मनाइन्छ । सोही अवसरमा विहीबार अष्ट्रेलिया र न्यूजिल्याण्डका सरकारी कार्यालयहरुमा आधा झन्डा झुकाइएको छ । नेपालमा रहेका ब्रिटिस गोर्खा, नेपाल आर्मी एवम दूताबासका सुरक्षा कर्मचारीहरुको उपस्थितिमा एनज्याक डे मनाइएको हो ।

हारेको युद्ध तर सैनिक बहादुरी प्राप्त गरेको दिनका रुपमा एनज्याक डे मनाउने गरिन्छ । अहिलेको टर्कीस्थित ग्यालीपोलीमा जमिनबाट युद्ध लड्न जाँदा अष्ट्रेलिया र न्यूजिल्याण्डका करिब आठ हजार सैनिकहरुको ज्यान गएको थियो । नौं महिनासम्म चलेको युद्धमा पराजित भएपनि २५ अप्रिललाई एक विशेष दिनका रुपमा मान्ने चलन छ ।

पहिलो विश्व युद्धका बेला भएको उक्त घट्नालाई सैनिक इतिहासमा महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । १९१५ को २५ अप्रिल अर्थात एकसय नौं बर्षअघि आठ हजार सैनिक एकै ठाउँमा मारिएको दिनलाई नव अष्ट्रेलियाको मानकका रुपमा लिने चलन छ ।

Hayden Woodward /NZ Herald via AP)

तपाइँको प्रतिक्रिया