शनिबार, जेठ ५, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०३:४४ |सिड्नीको समय: ०१:४४ |काठमाडौंको समय: २१:२९

अमेरिकी डिभीको नतिजा सार्वजनिक, विजेताहरुले अक्टोबर १ देखि भिसा पाउने

एएनजेड खबरमे ५, २०२४

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिवार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको हो ।

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२५ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ । दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया