बुधबार, वैशाख १९, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०४:५० |सिड्नीको समय: ०२:५० |काठमाडौंको समय: २२:३५

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको संयोजकमा सन्तोषी गौतम चयन, राजदूतले दिए बधाई

एएनजेड खबरअप्रिल १४, २०२४

एडिलेड । नेपालमा सामाजिक काम गर्ने कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले नयाँ संयोजकमा सन्तोषी गौतमलाई चयन गरेको छ ।

गौतमले नेटवर्कको विधान बमोजिम छिट्टै सबै राज्य संयोजकहरुको चयन गरेर कार्य अगाडी बढाउने बताईन् । उनले नेपालमा खासगरि महिला स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्य अगाडि बढाउने बताईन् ।

एडिलेडमा एक कार्यक्रमबीच हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका निवर्तमान संयोजक केशव बानियाले गौतमलाई अष्ट्रेलिया संयोजकको पदहस्तान्तरण गरेका थिए । हेल्प नेपाल नेटवर्कका पूर्वकोषाध्यक्ष तथा ग्लोबल कोअर्डीनेटिंग कमिटि सदस्य डिला खरेलले नयाँ नेतृत्वको घोषणा गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिदै हेल्प नेपालले नेपालीहरुको हितमा संचालन गरेका कार्यक्रमहरु सफल रहुन् भन्दै संस्थालाई उद्देश्य प्राप्तीको समेत शुभकामना दिएका थिए ।

साउथ अष्ट्रेलियाकी पुर्वमन्त्री जिङ्ली, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी , एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका अध्यक्ष विजय जोशी, सामाजिक अगुवा दिपक विष्टलगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सन् १९९९ को उत्तरार्धमा सञ्जालका पहिलो दुई अध्यायहरू बेलायत र नेपालमा एकैसाथ स्थापना भएका थिए र त्यसपछि यो सञ्जाल विभिन्न देशहरूमा विस्तार भइसकेको छ। अब अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, नेपाल र स्वीडेनका च्याप्टरहरू प्रत्येक या त परोपकारी वा गैरनाफामुखी संस्थाको रूपमा दर्ता भएका छन्।

नेटवर्कको उद्देश्य नेपाली र विश्वभर नेपाललाई माया गर्नेहरूलाई नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालिन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग गर्न प्रोत्साहित गर्नुरहेको छ ।

तपाइँको प्रतिक्रिया