आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:५७ |सिड्नीको समय: ०५:५७ |काठमाडौंको समय: ०१:४२

नेपालीको औसत आयु ७१.३ वर्ष

एएनजेड खबरमे ६, २०२४

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्यांक प्रस्तुत गरेका हुन् । उनका अनुसार नेपालमा २ करोड ९१ लाखको हाराहारीमा जनसंख्या छ ।

जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पनि तल रहेको उनले बताए। यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।

नेपालमा हाल २ करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ । ०.९२ को दरले वार्षिक रुपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रुपमा एक प्रतिशत भन्दा तल छ । करिव ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलो पटक हो ।

अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिव करिव ५ वर्षले फरक छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।

तपाइँको प्रतिक्रिया