शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:१४ |सिड्नीको समय: १९:१४ |काठमाडौंको समय: १४:५९

पिसिआर प्रयोगशाला स्थापनाका लागि अष्ट्रेलियाका तनहुँवासीको सहयोग

एएनजेड खबरजुन २८, २०२१

अष्ट्रेलियालाई कर्मथलो बनाएका तनहुँवासीले आफ्नो गृह जिल्लामा पिसिआर परिक्षण प्रयोगशाला स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।
जिल्लाभर कोरोना भाईरस संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो गरी प्राप्त भएको अवस्थामा जिल्ला भित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उदेश्यका साथ व्यास नगरपालिकाको पहलमा स्थापना गर्न लागिएको प्रयोगशालाका लागि तनहुँ समाज अष्ट्रेलियाले सहयोग संकलन मार्फत नगद २ लाख रुपैया सहयोग गरिएको समाजका महासचिव एवं सामाजिक अगुवा सुर्यभक्त खनालले एएनजेड खवरलाई वताए ।

व्यास–१० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माणाधीन प्रयोगशालाको लागि तनहुँ समाज अष्ट्रेलियावाट २ लाख रुपैया र तनहुँ समाज हङकङबाट २ लाख रुपैया प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ ।

अष्ट्रेलिया स्थित समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सुर्य खनाल ,महेन्द्र घिमिरे, दिनेशराज जोशी र किरण खनाल लगायतको पहलमा उक्त रकम संकलन गरिएको र संकलित रकम नगरपालिकालाई औपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गरिसकिएको पनि महासचिव खनालले बताए । हङकंङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम संकलन गरिएको तनहुँ समाज हङकंङका अध्यक्ष प्रेम गुरुङले जानकारी दिएका छन् ।

This image has an empty alt attribute; its file name is १-1-768x576-1.jpg



तनहुँ समाज अष्टेलियाको तर्फबाट सत्यप्रसाद खनालले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन भने तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङलेन्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।

सो अबसरमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला बासीँलाई सुरक्षित गर्ने अभियानमा तनहुँका १० वटै स्थानीय तह सक्रिय रहेको उल्लेख गर्दै सोहि अनुरुप पिसिआर ल्याब स्थापना गर्ने अभियान अगाडि बढेको बताए । विदेशको भुमिमा मेहनत गरेर त्यसको प्रतिफललाई आफ्नो जन्मभुमिमा सहयोग गरेर अष्ट्रेलिया र हङकङको तनहुँ समाजले प्रशंसनिय कार्य गरेकोमा नगर प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरे ।

रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले विगत १ दशक देखी तनहुँको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।


कार्यक्रममा व्यास नगरपालिकाका उप–प्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, प्रेस सल्लाहकार प्रदिप काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यसैविच पिसिआर ल्याबको सहयोगका लागि तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुंङले सहयोग प्रदान गरेका छन । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पिसिआर ल्याबका लागि समाजका पुर्व अध्यक्ष गुरुङले रु.१५ हजार नगद सहयोग गरेका हुन् ।

तपाइँको प्रतिक्रिया