शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:१८ |सिड्नीको समय: १४:१८ |काठमाडौंको समय: १०:०३

राजधानी क्यानवेराबाट अशोक बस्नेतको नेतृत्वमा लोकतान्त्रिक समूहको एनआरएनए उम्मेदवार घोषणा

एएनजेड खबरजुलाइ ३, २०२१


एनआरएनए अष्ट्रेलियाको आगामी जुलाई ३१ मा हुने निर्वाचनका लागि अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा रहेका लोकतान्त्रिक पक्षधरहरुले राज्य संयोजक सहितका विभिन्न पदमा उम्मेदवार घोषणा गरेका छन् ।


‘साझा एनएनआरएनए सबल एनआरएनए’ भन्ने मूल नारा सहित निर्वाचनमा होमिएका लोकतान्त्रिक पक्षधर समूहहरुले संयोजक पदका लागि सामाजिक अगुवा अशोक बस्नेतलाई अघि सारेका छन् । बस्नेतको नेतृत्वमा कार्यसमितिका बिभिन्न उम्मेदवार घोषणा भएको क्यानवेराबाट एएनजेड खबर सम्वाददाताले जनाएका छन् ।

यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा उपसंयोजक पदमा बिक्रम सुवेदी, सचिबमा काशी भुसाल, सह–सचिबमा सिता पौडेल, कोषाध्यक्षमा विशाल कंडेल रहेका छन् । त्यस्तै नारी निकुञ्ज संयोजकमा शेफलिका अर्यालले ऊम्मेदवारी दिएकी छन् भने राज्यको युवा संयोजक पदमा सागर पौडेल, युवा उप–संयोजकमा अंर्जुन केसी, युवा सदस्यहरुमा रितेश कुमार महत, अनिल पौडेल, ललित बिष्ट र सुभाष तिवारी रहेका छन् । स्टेट कोअर्डिनेसन कमिटि (एससिसि) सदस्यहरुमा सुभाष चापागाई, राम खड्का, बसन्तराज भट्ट र पारस मल्ल रहेका छन् भने एनसिसि सदस्यहरुमा सुमन देवकोटा तथा विनोद उप्रेतीले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी रहेका केही रिक्त सदस्यहरुमा चाँडै नै आन्तरिक छलफल मार्फत पूर्णता दिने जानकारी संयोजक पदका बस्नेतले एएनजेड खबरलाई बताए ।

त्यसो त यसपालि राष्ट्रिय समन्वय समितिका लागि राजधानी क्यानवेरा समेत रहेको एसिटीबाट वर्तमान आईसिसि सदस्य राजु अधिकारीले लोकतान्त्रिक समूहको तर्फबाट महासचिब पदका आधिकारिक उम्मेदवार घोषणा भईसकेका छन् भने चन्द्र तिवारीले केन्द्रीय युवा उप–संयोजक पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लामो समयदेखि विभिन्न संस्थामा आबद्ध रहेर सामाजिक पहिचान बनाएका ब्यक्तिहरु उम्मेदवारका रुपमा आएकाले क्यानवेरामा नेपाली समुदाय बीच एक किसिमको उत्सुकता छाएको पनि बस्नेतले बताएका छन् ।

चिसो क्यानवेरामा निर्वाचनको सरगर्मी बढ्दै जाँदा समूहको समर्थन र स्वतन्त्र रुपमा उम्मेदवारी घोषणाको क्रम बढ्दै गएको छ । यसैक्रममा स्वतन्त्र उम्मेदवारको रुपमा राज्य उप संयोजक पदमा मीरा तिमल्सिना ढुंगेलले पनि सामाजिक सन्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
बामपन्थी झुकाव राख्ने समावेशी समूहले पनि चाँडै नै आफ्नो उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ । जसको सविस्तार समाचार हामी प्रकाशन गर्नेछौं ।

तपाइँको प्रतिक्रिया