शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

तास्मनियाबाट राकेश शाक्यको नेतृत्वमा लोकतान्त्रिक समुहका उम्मेदवारको घोषणा

एएनजेड खबरजुलाइ ७, २०२१

एनआरएनए अस्ट्रेलियाको आउँदो जुलाई ३१ तारिखका दिन हुने निर्वाचनका लागि तास्मानिया राज्यमा रहेका लोकतान्त्रिक पक्षधरहरुले ‘साझा एनआरएनए–सवल एनआरएनए’ नारा सहित आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन् ।
लोकतन्त्रवादीहरुको विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको स्टेरिङ कमिटीका राज्य संयोजक रमेश श्रेष्ठले एएनजेड खबरलाई बताए ।


गत शनिबार आयोजित समूह घोषणा कार्यक्रममा जानकारी दिइए अनुसार तासमनिया स्टेटको संयोजक पदमा राकेश शाक्यले उम्मेदवारी दिएका छन् भने उपसंयोजकमा जगदीश खड्काले उम्मेदवारी दिएका छन् । यसैगरी नारी निकुञ्जको राज्य संयोजकमा प्रनिता पन्त राई र उप संयोजकमा आरजु रिजाल रजाक,सदस्यमा रूपा गुरूगं , युवा संयोजकमा सुरज अधिकारी,युवा उपसंयोजकमा अनिल ढकाल, सचिवमा लोकेन बिष्ट,युवा सदस्यमा अच्यूत हुमागाईं ,सदस्यमा बद्री अवाल र सन्देश श्रेष्ठ अनि कोषाध्यक्षमा गणेश घिमिरेले उम्मेदवारी दिएका छन् ।

जगदीश खड्काको स्वागत मन्तब्यबाट शुरू भएको घोषणा समारोह कार्यक्रममा राज्य समिती तासमनियाका संयोजक पदका उम्मेदवार राजेश शाक्यले सामूहिक रूपमा एक जुट भएर चुनावका निम्ति लागि परेको आफ्नो समूहलाई साथ र समर्थन गर्न आग्रह गर्दै भने –‘अहिले निर्वाचनमा उभिएको यो समूह तास्मानियामा रहनु हुने प्रबासी नेपालीहरूका हकÞ र हितका निम्ति लागि पर्ने छ ।
त्यस्तै सचिव एवं प्रवक्ताका उम्मेदवार लोकेन बिष्टले स्थानीय समाजमा बढ्दै गएको घरेलु हिंसालाई निर्मूल पार्न आफ्नो समूह दिलो ज्यानले लाग्ने कुरा बताए । मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरूको आयोजना गरेर त्यसबारेमा जन चेतना जगाउँनुका साथै बिध्यार्थीहरूको क्षमता अभिबृद्दी गर्ने कार्यलाई निकै उपलब्धिमूलक रूपमा अगाडि बढाउँने हाम्रो योजना छ –‘ बिष्टले भने ।
यो समूहले ताजमनिया सरकारसम्म पुगेर नेपाली र अष्ट्रेलियन खेलाडीहरूबीच एक आपसमा सम्बन्ध गाँसेर खेलकुद क्षेत्रमा नयाँ कार्य योजना ल्याउने तर्फ पनि गृहकार्य गर्ने कुरा बताइएको छ । यो समूहमा रहेका उम्मेदवारहरूले ब्यक्तिगत रूपमा स्थानीय नेपालीहरूका लागि गर्दै आइरहेको सहयोग र दिंदै आएको साथले पनि यो समूह बिजय हुने दावी संयोजक श्रेष्ठले गरेका छन् ।
पछिल्लो समय तास्मानियामा नेपालीहरुको संख्या द्रुततर गतिमा बढेसंगै यहाँ सामाजिक गतिविधिमा पनि नेपालीहरुको चहलपहल उति नै रहेको छ । त्यसो त एनआरएनको आसन्न अधिवेशनकै लागि कुल १३ सय ९१ ले सदस्यता दर्ता गराएसँगै विभिन्न स्वतन्त्र र समूहगत उम्मेदवारी घोषणा गर्ने प्रकृयाले निरन्तरता पाइरहेको छ ।
त्यसो त तास्मानियालाई कर्मक्षेत्र बनाउँदै आएका ब्यवसायी प्रदीप पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत राज्यको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् भने सदस्य पदमा रेवतराज क्षेत्री, सहारा पोखरेल, प्रमोद भण्डारी, अर्जुन श्रेष्ठ लगायतले उम्मेदवारी घोषणा गरेका छन् । एएनजेडसँगको कुराकानीमा पोखरेलले भने हाम्रो पनि राम्रो र बलियो समूह छ, हामी पनि सामाजिक कार्यमा समर्पित हुने भनेर लागेका छौं । यहाँको स्थानिय विषय र एजेण्डालाई लिएर हामी मतदाता माँझ जाँदैछांैं ।

एनआरएनए तास्मानिया र अन्य राज्यको निर्वाचनका विषयमा हामी निरन्तर समाचार प्रकाशित गर्दै जानेछौँ । तपाईसँग भएका समाचार, विचार र एजेण्डा सहित हामीलाई सम्पर्क गर्नुहोस् हामी निष्पक्ष रहि तपाइँका समाचारहरु प्रकाशित गर्नेछौ । –सम्पादक

तपाइँको प्रतिक्रिया